News Portal

  • थारु बस्तीमा अब कुखुराकाे पनि बलि दिन नपाउने, कडा सजाय गरिने

    राजेन्द्रप्रसाद पनेरु
    ७६३ पटक

    कञ्चनपुर, ८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।

    माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् ।

    उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताए ।

    भुइयारीमा थारु समुदायका अठार देवता हुन्छन् उहाँले भन्नुभयो, “सबै देवतामा पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ ।” पशुपक्षीको सट्टा नरिबल, फलफूललगायतको बलि दिइ प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उनले जानकारी दिए । थारु समुदायले सामूहिकरुपमा पूजा गर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ ।

    बलि प्रथामा पूर्ण विराम लागेपछि समाजमा हिंसाका घटनामा कमी आई सामाजिक अमनचयनसँगै सद्भाव बढ्ने विश्वास लिएका छौँ गुरुवा फुलराम चौधरीले भने, “हिन्दूधर्मका कुनै पनि ग्रन्थमा मांस भक्षण गर्न बर्जित गरिएकाले यसलाई समाजमा लागू गर्नुपर्ने सबैको दायित्व हो ।” गाउँका सबै जनाले पशुपक्षी बलि दिन नहुनेमा सर्मथनसमेत जनाएका छन् ।

    बैठकमै गाउँमा जथाभावी रुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । प्लाष्टिकका कारण कृषिउपजमा कमी आउने र वातावरण दुर्गन्धित हुने भएकाले प्रतिबन्ध लगाइएको हो ।

    प्लाष्टिकलाई सबै गाउँका बासिन्दाले संकलन गरी सडकका चोकमा राखिएका कुडा दानीमा राखी निर्धारित क्षेत्रमा लगेर नष्ट गर्ने नियम बनाइएको छ । अन्य कुरीतिकारुपमा रहेका चलनलाई परिमर्जित गर्दै लैजाने बडघरको बैठकका सहभागीले प्रतिबद्धता गरेका छन् ।

    वडघरको नेतृत्वमा पाँचौँ पटक नरेन्द्र नै चयन

    माघीको खोजनी बोझनी बैठकले पिपलाडी गाउँको बडघरमा पाँचौँ पटक नरेन्द्रप्रसाद चौधरीलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको छ । चौँथो पटकसम्मको कार्यकालमा सामाजिक तथा सांस्कृतिक विकास र निर्माणमा पु¥याएको योगदानको मूल्यांकन गर्दै बैठकले पाँचौँ कार्यकालका लागि पनि उहाँलाई बडघरका रुपमा चयन गरेको हो ।

    गुरुवामा फुलराम चौधरी, केसौकामा ज्ञानला चौधरी र चौकीदारमा पतिराम चौधरी चयन भएका छन् । गाउँको प्रत्येक टोलबाट एक÷एक जना सदस्यका रुपमा चयन भएका छन् । गाउका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको यसै अवसरमा योजाना समेत बनाइएको छ । विगतका वर्षको योजनाको समीक्षा गरिएको छ । गाउँमा आउने रोगब्याधि, दैवि प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुवा, गाउँमा खबर आदानप्रदानको व्यवस्था गर्न चौकीदारको छनोट गरिएको हो ।

    बैठकमा बडघर नरेन्द्रप्रसाद चौधरीले गत आवको रु ६७ हजार ७३ को आयव्ययको विवरणसमेत प्रस्तुत गर्नुभयो । जसमध्ये पूजामा रु २६ हजार ४४४ खर्च गरिएको र बचत रु ४० हजार ६१८ रहेको जानकारी दिए । बलि प्रथामा रोक लगाइने भएपछि त्यसमा खर्च गरिँदै आएको रकम गाउँको बृहत्तर विकासका लागि खर्च गर्ने निर्णयसमेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    अनेसासलाई अनेसास नै बनाउने प्रतिबद्धतासहित उत्रिएका तीन उम्मेद्वार

    लामो समयदेखि साहित्य र अनेसासमा आफूलाई समर्पित गर्दै आएका तीन हस्तीः अध्यक्षका उम्मेद्वार गोवर्धन पूजा,...

    रामेछाप बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र...

    भक्तपुरका ५३८ उम्मेद्वारले बुझाए निर्वाचन खर्च विवरण

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये...

    अर्थमन्त्री प्रकरणबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि...

    काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई

    गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई...