News Portal

  • बेलुकी खग्रास चन्द्रग्रहण,डेढ शताब्दीकै दुर्लभ दृश्य देखिदैँ : यस्तो छ राशीअनुसार शुभ‍-अशुभ

    इभक्तपुर संवाददाताभक्तपुर, १७ माघ
    १३९१ पटक
    भक्तपुर, १७ माघ

    आज बुधवार माघ शुक्ल पूर्णिमा परेको छ र बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    ५ बजेर ५५ मिनेट बाट शुरु हुने ग्रहण ८ बजेर ५७ मिनेटमा सकिने बताइएको छ ।

    धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला, कन्या र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेकाे यस वर्षकाे पञ्चाङ्गमा राशि अनुसार शुभ अशुभ फल देहायबमोजिम देखाइएको छ ।

    मेष – व्यथा
    वृष -श्रीप्राप्ति 
    मिथुन- क्षति
    कर्कट – घात
    सिंह-  खर्च
    कन्या  – लाभ
    तुला –  सुख
    वृश्चिक –  माननाश
    धनु  – कष्ट
    मकर – स्त्रीपीडा,
    कुम्भ – सुखप्राप्त
    मीन – चिन्ता

    ग्रहणको बेलामा बालक, वृद्ध र रोगी बाहेकले खान, सुत्न, मनोरंजन गर्न , मैथुन गर्न , आनन्द लिन लगायतका कार्य गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।

     

    नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने जुनसुकै राशिकाले ग्रहण हेरेपनि फरक नपर्ने दावी गरेको छ । बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने र त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण  सकिने बताउदै सोसाइटीले यो दृष्य १ सय ५२ बर्षपछि देखिने दुर्लभ दृश्य भएकोले सबैले खुला आखाँले नै हेर्न सकिने सिफारिस गरेको छ ।

    यो ग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...