News Portal

  • पीएचडी गर्ने धोको पूरा हुन नपाउदै अस्ताए ३७ बर्षिय उप प्राध्यापक तारा सर

    इभक्तपुर संवाददाताभक्तपुर, ३ फागुन
    १३७३ पटक
    भक्तपुर, ३ फागुन

    रामेछाप दुरागाउँ घर भएका उप प्राध्यापक तारा थापाको दुखद निधन भएको छ । बुधवार राती हृदयघातका कारण उनको दुखद निधन भएको हो ।

    त्रिविको गेष्ट हाउस किर्तीपुरमा रहँदै आएका थापालाई  बुधवार राती हृदयघात भएपछि बल्खुस्थित् बयोधा अस्पताल पुर्याएपनि डाक्टरहरुले बचाउन सकेनन् । अहिले बयोधामा उनका आफन्त, साथीभाई र शुभचिन्तकहरु जम्मा भएका छन ।

    ठाकुरराम बहुमुखी क्याम्पस विरगञ्जमा उप प्राध्यापक रहि लामो समय अध्यापन गराउँदै आएका थापा केहि समय अघि मात्र काठमाडाैं सरुवा भएका थिए ।

    युवा अवस्थामै अस्ताएपछि तारा सरको पीएचडी गर्ने धोको समेत पूरा हुन पाएन । पीएचडी गर्नैका लागि उनी बिरगंजबाट सरुवा भएर आएका उनका साथी रमेश रसिक पौडेलले बताएका छन् । ३७ बर्षे शिक्षा शाष्त्रका उप प्राध्यापक थापा अविवाहित थिए ।

    प्रतिकृया दिनुहोस्

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...

    मौसमीफ्लू कि कोभिड कसरी थाहा पाउने

    कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका...

    रहेनन् पूर्व सांसद एवं साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर

    साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय...

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख...

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की...