News Portal

  • बीपी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

    हरि दाहालसिन्धुली, ४ फागुन
    ३८१ पटक
    सिन्धुली, ४ फागुन

    बीपी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतक सबै एकै गाउँका रहेका छन् । मृतक सबै जना गोलन्जोर गाउँपालिका -५ का भएको प्रहरीले पुष्टि गरेको छ ।

    सेल्फीडाँडा भनेर पनि चर्चित कमलामाई नगरपालिका २ मा बा ११ च २२७१ नम्बरको जीप सडकबाट करीब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । जीप सिन्धुलीबजारबाट गोलन्जोरतर्फ जादै गरेको थियो ।

    मृत्यु हुनेमा गोलन्जोरका लक्ष्मी देवकोटा, युवराज लुंगेली, नवराज थापा र रेशम कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई काठमाडौ पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    साझा मुद्राको अवधारणा बारे प्रस्ताव अघि सारेको गभर्नर अधिकारीको जिकिर

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे...

    प्रस्तावित ठाउँमै विमानस्थल बनाइने छःप्रधानमन्त्री देउवा

      प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित...

    सुचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आज (शनिबार) भक्तप्रको राधेराधे स्थित रोयल थाइ हस्पितालिटी होटलमा सुचनाको हक र सकारात्मक सोच विषयक...

    अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय...

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि...