News Portal

  • सर्लाहीका एक सांसदकै घरमा चोरी : प्रहरीकै संलग्नता रहेको आरोप

    प्रेमनाथ पाैडेलसर्लाही, ७ फागुन
    १०९१ पटक
    सर्लाही, ७ फागुन

    सर्लाहीका एक सांसदको घरमा गए राती चोरी भएको छ । सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत सर्लाही हरिवन ३ धारटोल निवासी संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभा सदस्य बनेकी सन्चमाया मोक्तानको घरबाट मोटर साईकल चोरी भएको हो ।

    गएराती घर मै राखी राखेको अबस्था ज२प २४३९ को १५०सिसि को कालो पल्सर मोटरसाईकल चोरी भएको फोरमका केन्द्रीय सदस्य समेत रहेका मोक्तानका श्रीमान् बमबहादुर मोक्तानले बताए ।

    चोरी भए लगत्तै मोक्तानले चोरीको बारेमा प्रहरीलाई जानकारी गराएका छन् । मोटरसाईकल चोरको बिगबिगी बढेको तर प्रहरीले चोरी गर्ने गिरोहलाई पक्राउ गरि नागरिक लाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन नसक्नु लजास्पद भएको मोक्तानको ठहर छ ।

    केहि दिन यता सर्लाहीको हरिवन, लालबन्दी, बरहथबा , मलङ्वालगायतका क्षेत्रमा मोटरसाईकल चोरको बिगबिगी हुदा समेत एउटा पनि चोरीका मोटर साईकल र चोरी गर्ने गिरोहलाई पक्राउ गर्न नसक्नु प्रहरीको नालायकीपन भएको भन्दै  नागरिक समाजका अगुवाहरुले प्रहरीको क्षमतामाथि प्रश्न उठाएका छन् । बढ्दो चोरी नियन्त्रण हुन नसकेपछि प्रहरी नै चोर संग मिलेको त छैन भन्ने स्थानीयले आशंका व्यक्त गरेका छन् ।

    उता जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मसाउद आलम खाँले  जिल्लाका भीडभाड हुने र शंकास्पद क्षेत्रमा प्रहरी गस्ती बढाईएको र केह शंकास्पद युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिकिर गरेका छन् ।

    तपाई हाम्रो फेसबुक पेज लाइक गरेर सिधै सामाजिक संजालमा जोडिन सक्नुहुनेछ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...