News Portal

  • नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित

    प्रेमनाथ पाैडेलसर्लाही, १० फागुन
    ९२६ पटक
    सर्लाही, १० फागुन

    सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रको अध्यक्षमा जुटपानी निवासी बोधराज काफ्ले चयन भएका छ्न । केन्द्रको दोस्रो साधरण सभाबाट निर्बाचित ब्यबस्थापन समितिका १५ सदस्यको आज बसेको पहिलो बैठकले काफ्लेलाई सर्बसम्मत अध्यक्ष चुनेको हो ।

    एक नम्बर वडाका वडा अध्यक्ष एवम संयोजक पन्चलाल स्याङ्ग्बोको अध्यक्षतामा बसेको कार्य समितिको पहिलो बैठकबाट काफ्लेको अध्यक्षता मा ३ बर्षे कार्यकालको लागी १५ सदस्यीय ब्यबस्थापन समिति गठन गरिएको केन्द्रका कार्यालय सचिब रामजी बस्नेत ले बताए ।

    पहिलो बैठकबाट चयन भएका अन्य पदाधिकारीमा उपाध्यक्षमा आशा कुमारी महतो ,सचिबमा सुब्बा खत्री ,कोशाध्यक्ष मा अजय श्रेष्ठ सह सचिवमा शेखर पासवान र अन्य सदस्यहरुमा हरेराम बस्नेत ,गुरुनेन्द्र यादब ,रेणु नेउपाने ,हेम बहादुर पौडेल ,शान्ता थापा ,कबिता खड्का ,रामजी प्रसाद पोख्रेल ,देवानन्द पासवान र उद्धव पौडेल चयन भएका केन्द्र ले जनाएको छ ।

    यसै बीच नव निर्बाचित अध्यक्ष काफ्लेले केन्द्रको स्तरोन्नतिका लागि सम्वन्धित निकायसंग समन्वय गरि दक्ष डाक्टर का साथै भेण्टिलेटर र अक्सिजनको ब्यबस्था गर्नुको साथै एम्बुलेन्स लगायतको ब्यबस्था गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छ्न ।
    यसको लागी आफ्नो एक्लो प्रयासबाट मात्र सम्भव नहुने हुदा सबैको साथ र सहयोगको खाचो रहेको समेत उनले बताए ।
    २०६७ श्रावणमा शिबपुराण महायज्ञ लगाई संकलित झन्डै ६७ लाख को लागतमा भवन निर्माण गरि २०७०भाद्र बाट सेवा शुरु गरेको केन्द्ले चार बर्ष को अबधी मा झण्डै ३ हजार सर्पले टोकेका बिरामीको सफल उपचार गरेको र उक्त अबधीमा हर प्रयास गर्दा गर्दै पनि तिन जनाको ज्यान बचाउन नसकेको समेत केन्द्र के जनाएको छ ।
    दक्ष डाक्टरका साथै भेण्टिलेटर र अक्सिजनको ब्यबस्था नहुदा नव निर्बाचित अध्यक्ष काफ्लेका आफ्नै भतीजालाइ पनि यस उपचार केन्द्रले बचाउन सकेन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...