News Portal

  • नेता प्रकाण्डलाई मातृशोक : जनयुद्ध र आन्दोलनमा ३ सन्तान गुमाएकी आमा भरता अब रहिनन्

    इभक्तपुर संवाददाताभक्तपुर, ११ फागुन
    १०४१ पटक
    भक्तपुर, ११ फागुन

    पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डलाई मातृशोक परेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको आमाको बिहीवार निधन भएको हो ।

    नेता प्रकाण्डको ममतामयी आमा भरता विश्वकर्माको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक श्रोतले बताएको छ । कालिकाेटको मालकाेटस्थित घरमै उनको निधन भएकाे हाे । उनी लामोसमयदेखि दमको बिरामी थिइन् ।

    मृतक भरता बिश्वकर्माले नेता प्रकाण्ड बाहेक सबै सन्तान जनयुद्धमा गुमाएकी थिइन् । उनका दुइ छोरा जनयुद्धको क्रममा शहिद भएका थिए भने एक्ली छोरीले पनि आन्दोलनकै क्रममा ज्यान गुमाएकी थिइन् । उनका जेठा छोरा प्रकाण्ड एकमात्र जीवित सन्तान हुन् ।

    ममतामयी आमा गुमाएका आफ्ना स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्डलाई नेकपाले समबेदना प्रकट गरेको छ भने मृतक आमाप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गरेको छ ।

    पार्टी महासचिव बिप्लवले एक बिज्ञप्ती जारी गर्दै मृतक आमाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै नेता प्रकाण्डलगायत परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...