News Portal

  • यादव पछि सर्यासर्यै , मन्त्री बन्नेहरु हेर्याहेर्यै

    इभक्तपुर संवाददाताभक्तपुर, १६ फागुन
    ६६४ पटक
    भक्तपुर, १६ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री मण्डल बिस्तारमा सार्है सकस परेको छ । यो सकस उपेन्द्र यादवको नेतृत्वको संघीय समाजबादी फोरमलाई सरकारमा ल्याउन खोज्दा परेको हो ।

    दुई तिहाइ मत जुटाउने भन्दै फोरमलाई सरकारमा ल्याउन लागिपरेका प्रम ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड फोरम सजिलै नआउदा परेशान छन् । पटक पटकको वार्तामा फोरम अध्यक्ष उपेन्द्र यादवले संबिधान संसोधनको अडान नछोडेपछी उनीहरु परेशान बनेका हुन् ।

    आफ्नै मन्त्रीका आकांक्षीहरुलाई कुराएर फोरमका अध्यक्ष यादवसंग वार्तामा बसेका ओली – प्रचण्डले नतिजा ननिकाल्दा एमाले र माओबादी केन्द्रका मन्त्री आकांक्षीहरु आजित बनेका छन । उनीहरुको प्रतिक्षाको घडी लम्बिदा मन्त्री हुने नहुने ढुकढुकी पनि बढिरहेको छ । रात रहे अग्राख पलाए भने झैँ समय घर्केपछि अवसर उम्किने चिन्ताले उनीहरुको निन्द हराम् भएको छ ।

    बुधवार पनि फोरम संग सहमती नबन्दा मन्त्री परिषद बिस्तार सम्भव भएन । सरकारमा सहभागी हुन यादवले आकांक्षा राखेका मन्त्रालयका कारण हलो अड्केको बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज साँझ बसेको शीर्ष नेताको बैठक पनि निष्कर्षमा पुग्न नसकी सकिएको छ । संविधान संशोधनका विषयमा सहमति जुटाउन नसकेपछि बार्ता बिना निष्कर्ष टुंगिएको हो ।

    फोरमलाइ संविधान संशोधन गरेर सरकारमा सहभागि गराउने बिषयमा बिहिवार बिहान ९ बजे बालुवाटारमा निर्णायक बार्ता हुने एमाले नेता प्रदिप ज्ञवालीले बताए । यदि बिहिवारको वार्तामा फोरमसंग कुरा मिले पनि नमिलेपनि शुक्रवार मन्त्रीपरिषद बिस्तारको सम्भावना भएको बताइएको छ ।

    अपडेट ; बिहान ९ बजे बालुवाटारमा निर्णायक बार्ता हुने भनिएकोमा सो पनि बिना निष्कर्ष टुंगिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...