News Portal

  • हरिपुरलाई मदिरारहित नगरपालिका घोषणा गर्ने तयारी

    प्रेमनाथ पौडेल सर्लाही, ६ चैत
    ९३२ पटक
    सर्लाही, ६ चैत

    सर्लाहीको हरिपुर नगरपालिकालाई दुई महिना भित्र मदिरा रहित नगर घोषण गर्नेगरी काम अगाडि बढाइएको छ । मदिरा सेवनले आर्थिक सामाजिक लगायतका समस्याहरु बढेको ठहर गर्दै हरिपुरलाई मदिरारहित नगर घोषणा गर्न लागिएको हो ।

    आगामी दुई महिना भित्र हरिपुर नगरपालिकालाई मदिरा रहित नगर घोषणा गर्ने उदेश्य सहित अहिले प्रहरीले नगरका बिभिन्न वडाहरुमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्न चेतावनी सहित माइकिङ गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अनिल ठकुरीले बताए ।
    नगरपालिकाका मेयर ,उपमेयर , सबै वडाका वडा अध्यक्ष, सद्स्य, समाजसेवी  बुद्धिजीवी तथा सर्बसाधरण सहितको सर्बपक्षिय भेलाबाट निर्णय भए अनुसार आफुहरुले घरेलु मदिरा नियन्त्रणका लागि अभियान चलाएको उनको भनाई रहेको छ ।

    पहिलो चरणमा मदिरा उत्पादन ,सेवन तथा बिक्री बितरण नगर्न आग्रह गरिने त्यस पछि मदिरा उत्पादन गर्नेहरुलाई भेला गराई मदिराको कारोबार नगर्न आग्रह गरिने र त्यस पछि पनि लुकि छिपी कसैले मदिराको कारोबार गरेको पाईए कडा कार्बाही गरिने इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
    एक हप्ता यता मात्रै हरिपुर प्रहरीले बिभिन्न सवारी साधन मा बिक्रिका लागि लुकाई छिपाई नवलपुरबाट सदरमुकाम मलङ्वा तर्फ लादै गरेको १ हजार लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरि नस्ट गरेकोसमेत  बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...