News Portal

  • डा. बाबुराम भट्टराईले भने, ”एमाले – माके एकता होइन, आत्महत्या हो”

    इभक्तपुर संवाददातानेपालगञ्ज, १३ चैत
    ९९४ पटक
    नेपालगञ्ज, १३ चैत

    नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले – माके एकता लाई आत्महत्याको संज्ञा दिएका छन । सोमबार नेपालगञ्जमा नयाँ शक्ति पार्टीको एक कार्यक्रममा बोल्दै उनले उक्त संज्ञा दिएका हुन् ।

    बामपन्थी गठबन्धनमा सामेल हुन आफुले पहिले गरेको निर्णयको बचाव गर्दै उनले भने ” समाजवादी केन्द्रको स्थापना गर्न सकियला कि भनेर वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरियो तर एमाले र माओवादी केन्द्र त्यसमा विचलित भएपछि बाहिरिन बाध्य भइयो ।”

    बाम एकताको नाममा उनीहरुसंग मिसिन जाने कुरा आफ्नो पार्टीको पनि आत्महत्या सरह हुने भन्दै त्यो सोच्न पनि नसकिने उनले जिकिर गरे ।

    नयाँ शक्ति अन्य पुराना शक्तिहरुसंग मिलन नसक्ने जिकिर गर्दै उनले भने “हामी दूध हौं, अरु पानी हुन्। पानीमा दुध मिसिने कुरा हुँदैन । थोरै भएपनि दूध भनेको दूध नै हो ।”

    उक्त अवसरमा संयोजक डा. बाबुराम भट्टराईले माओबादी केन्द्र र काँग्रेस परित्याग गरि आएका केहि कार्यकर्तालाई नयाँ शक्ति पार्टीमा प्रवेश गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...