News Portal

  • एक सातामै पार्टी एकता हुने बरिष्ठ नेता नेपालको खुलासा

    प्रेमनाथ पाैडेलसर्लाही, १५ चैत
    ८७२ पटक
    सर्लाही, १५ चैत

    नेकपा ( एमाले ) का बरिष्ठ नेता माधव कुमार नेपालले एक साता भित्र नै पार्टी एकता हुने खुलासा गरेका छन् । रात रहे अग्राख पलाउन सक्ने देखिएको दावी गर्दै एक सातामै पार्टी एकता हुने उनले ठोकुवा गरे ।

    पछिल्लो समय नेकपा माओबादी केन्द्रले ५० – ५० हैसियतमा मात्र एकता हुनसक्ने अडान लिएपछि एकता प्रक्रिया लम्बिएको आसंका चलिरहदा नेता नेपालले यस्तो खुलासा गरेका हुन् ।
    बिहिवार प्रेस चौतारी नेपालको सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने , ” एकताबाट भाग्ने छुट एमाले र माओबादी केन्द्र दुवैलाई छैन । एक साताभित्र नै पार्टी एकता हुन्छ ।” उनले पार्टी एकतापछि मात्र प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुने पनि बताएका छन् । ” शंका गर्नुपर्ने ठाँउ छैन, प्रधानमन्त्री पार्टी एकता पछि मात्र भारत भ्रमणमा जानुहुन्छ , ढुक्क हुनुस् ।” उनले भने ।

    बिहिबार सर्लाहीको हरिवनमा अनेरास्ववियु दुई नम्बर प्रदेशले आयोजना गरेको संघीयतामा शिक्षा बिषयक अन्तरक्रिया र प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्न आईपुगेका नेता नेपालले दुई नम्बर प्रदेशको समग्र बिकाशको लागि आर्थिक शिखर सम्मेलन गर्ने तयारी भएको पनि भनेका छन् । उनले दुई नम्बर प्रदेशमा सरकारले बिशेष प्याकेज ल्याउने जिकिर गर्दै शिक्षा स्वास्थ्य, कृषि ,पर्यटन र उद्योग व्यापारमा नमूना गरेर देखाउने दावी समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...