News Portal

  • सागरनाथ बन परिसरमा बम बिस्फोट

    प्रेमनाथ पाैडेलसर्लाही, १८ चैत
    ८८५ पटक
    सर्लाही, १८ चैत

    सर्लाहीको इश्वरपुर नगरपालिकामा अबस्थित सागरनाथ बन परिसरमा गएराती प्रेसरकुकर बम बिस्फोट भएको छ ।
    सर्लाही र मोहत्तरी दुई जिल्ला क्षेत्रमा फैलिएको सागरनाथ बन बिकाश परियोजनाको हातामा राती करिब १२ बजेको समयमा बम बिस्फोट भएको सर्लाही प्रहरीले बताएको छ ।
    राती ठुलो आबज आए पछि शुरुमा त चट्याङ्ग जस्तो लागेको भए पनि पछि कम्पाउण्ड पछाडी प्रेसर कुकर का टुक्राहरु देखेपछि कुकर बम नै बिस्फोट भएको थाह भएको बन परियोजनाका लेखापाल सन्दिप पन्थीले बताए ।
    बम बिस्फोटको जानकारी आउनासाथ नेपाल प्रहरी र ससस्त्रका टोलि घटना स्थलमा पुगि घटनाको बारेमा अनुसन्धान गरि रहेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी गराए ।
    बम बिस्फोटबाट मानबिय क्षति नभए पनि परियोजनाको कार्यालय को केहि झ्यालमा कुकर पडकेर उछिटिएको कुकर को चोईटा ले क्षति पुर्याएको प्रहरी निरीक्षक पौडेलले बताए ।
    बम बिस्पोट भए पनि बम कस्ले र किन पड्काएको भन्ने बारेमा खुल्न सकेको छैन । अहिले सम्म कसैले बिष्फोटको जिम्मा नलिएको सर्लाही प्रहरीले जनाएको छ ।

     

    अपडेट : सागरनाथ वन विकास परियोजनाको कार्यालयमा भएको वम विस्फोटको जिम्मा नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले लिएको छ ।

    गएराती अन्दाजी १२ बजेको समयमा ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजनाको कार्यालयमा प्रेसर कुकर वम विस्फोट गराएको उसले जिम्मा लिएको हो ।

    कार्यलय भवनको झ्याल तथा टीनको छानोमा क्षति पुग्ने गरी गराइएको उक्त प्रेसर कुकर वम विस्फोटको जिम्मा आफुहरुले लिएको नेकपाका जनकपुर व्यूरो सदस्य दिनेश ले टेलिफोन मार्फत जानकारी गराएका छन् ।

    उनका अनुसार परियोजनाले वर्षौ देखि परियोजनाको जग्गामा वस्दै आएका सुकुम्वासीहरुलाई उठीवास गराएको, सुकुम्वासीलाई झुटा मुद्धा लगाई जेल हालेको, बाँकी रहेका सुकुम्वासीहरुलाई पनि योजनावद्ध उठीवास बनाउने थप योजना बनाएको र परियोजनालाका काठ ठेकेदार सँगको मिलोमतोमा विक्री भन्दा बढी काठ रातारात पास गरी ठेकेदारलाई करोडपति र परियोजनालाई कंगाल बनाउने सम्मको रणनीति अपनाएको भन्दै चेतावनी स्वरुप आफूहरुले कार्वाही स्वरुप पहिलो पटक सामान्य वम विस्फोट गराएको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...