News Portal

  • अखिल क्रान्तिकारीले कलेजमै राख्यो बम : प्रचण्ड र बैद्य निकट विद्यार्थी भन्छन्-‘हामीले होइन’

    इभक्तपुर संवाददाताकाठमाडौं, २२ चैत
    ८१९ पटक
    काठमाडौं, २२ चैत

    हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोजोजी (हिकास्ट) मा बम फेला परेको छ । अखिल क्रान्तिकारी जिन्दावाद लेखेर झण्डासहित गाडिएको अवस्थामा बम फेला परेको हो ।

    क्रान्तिकारीले हिकास्टमाथि चर्को शुल्क असुली गरेर शिक्षालाई पहुँचबाट टाढा पुर्याएको, भौतिक पुर्वार्धार नभएको र राजनीतिक बिचारलाई बन्देज लगाउन खोजिएको लगायतका आरोप लगाउदै हिकास्टलाई कारवाही गर्नुपरेको कारण बताएको छ ।

    बुधवार बिहान सानेपास्थित पूर्वान्चल युनिभर्सिटी अन्तर्गतको उक्त कलेजमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्तेज पारेको थियो ।

    यसैबीच बिहीवार प्रचण्ड नेतृत्वको नेकपा (माओबादी केन्द्र) निकट अखिल क्रान्तिकारी र मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी) निकट अखिल क्रान्तिकारीले प्रेस बिज्ञप्ती मार्फत उक्त घटनामा आफ्नो संलग्नता नभएको प्रस्ट पारेको नेकपा (माओबादी केन्द्र) निकट अखिल क्रान्तिकारीका नेता निश्चल घिमिरेले जानकारी गराएका छन् ।

    बिप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भने कुनै धारणा बाहिर ल्याएको छैन । अहिलेसम्म कसैले घटनाको जिम्मेवारी लिएको पनि छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...