News Portal

  • माधब नेपाललाइ ओलीको बचन:अबको अध्यक्ष तपाई नै हो ।

    ४ वैशाख
    १८२७ पटक
    ४ वैशाख

    काठमाडौं,  । एमाले र माओवादी केन्द्रबीच दुई अध्यक्षबीच बराबरी हैसियतमा जिम्मेवारी लिने सहमति भयो । त्यही सहमतिअनुसार नै असोज १७ गते गरिएको सहमतिमा ओली र प्रचण्ड एकता संयोजन समितिको मूख्य नेतामा राखियो ।

    ओली र प्रचण्डबीच भएको सहमतिमा प्रधानमन्त्री र पार्टी अध्यक्षमा अढाई वर्षका दरले आलोपालो गर्ने सहमति थियो । त्यही सहमतिअनुसार फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भए ।

    सहमति अनुसार ओली प्रधानमन्त्री र सेरोमोनियल अध्यक्ष हुने, प्रचण्ड कार्यकारी अध्यक्ष हुने र महाधिवेशनबाट प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन दुवै पार्टीका नेताहरु मञ्जुर भएका थिए ।

    एक वर्षभित्र एकता महाधिवेशन गरेर सहमतिमै प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने सहमति भए पनि प्रधानमन्त्री ओलीको दोहोरो भूमिकाले यतिबेला प्रचण्ड सशंकित छन् ।

    स्रोतका अनुसार पार्टी एकताको प्रारम्भिक सैद्धान्तिक आधारको सहमति पत्रमा हस्ताक्षर गर्नुअघि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले ‘तपाईहरुको मात्र व्यवस्थापन भएर हुन्छ, हाम्रो हुनु पर्दैन’ भनेर प्रश्न गरेका थिए । त्यसपछि ओली र माधव नेपालबीच करीब ४ घण्टा वान टु वान बार्ता भएको थियो ।

    बार्तामा ओलीले ‘अहिले एकता गरिहाल्यौं, एकतापछि तपाई हामी छँदै छौं नि । एकता मात्र हुन दिनुस्, महाधिवेशनमा अध्यक्ष तपाई नै हो’ भनेको माधव नेपालनिकट नेताहरुले अनौपचारिक कुराकानीमा भन्ने गरेका छन् ।

    ओली र नेपालको सहमतिअनुसार नै एमालेभित्र विवाद समाधान भएको र माधव नेपाल नै छिटै एकता गरौं भन्दै प्रचण्डलाई दवाव दिन थालेपछि प्रचण्ड सशंकित भएका हुन् । एकताको पक्षमा देखिएका बामदेव गौतम मौन बस्दा पनि प्रचण्डको मनमा चिसो पस्न थालेको छ ।

    ओलीले एकता गरिहाल्यौ, त्यसपछि बहुमतको बलमा पेलौला भन्ने मानसिकता बोक्दा एकतामा समस्या आएको माओवादी नेताहरुको दावी छ । माओवादीका एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँडफाँड गर्ने सहमति लागू भएन । सहअध्यक्षमा जाने प्रस्ताव आयो । फेरि माधव नेपाललाई आश्वासन दिइएको छ । हामीले एमालेबाट कतिपटक धोका खानुपर्ने ? कति त्याग गर्नुपर्ने ? वचनको पक्का नभएसम्म एकता हुँदैन ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...