News Portal

  • कांग्रस नेता विश्वकर्माले भने :सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको बिकल्प छैन,

    ४ वैशाख
    ९०६ पटक
    ४ वैशाख

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका  छन् ।

    मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको बताएका हुन् ।

     

    उनले संसदीय समिति सातवटा बनाउनसमेत सुझाव दिए । संसदीय समिति १० वटा बनाउने तयारी भइरहेका बेला प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा कांग्रेस सदस्य विश्वकर्माले सातवटा कायम राख्न सुुझाव दिएका हुन् ।

    प्रदेश संसदमा पनि संसदीय समिति हुने भएकाले संघीय संसदमा सातवटा मात्रै समिति भए पुग्ने बताए । सातले नपुग्ने भए बढीमा नौवटासम्म बनाउन सकिने उनले बताए ।

    नियमावली बनाउँदा न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउने, कुठाराघात हुने गरी बनाउन नहुनेमा विश्वकर्माले जोड दिए ।

    १३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा. मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् ।

    समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने तथा प्रतिनिधि सभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्ने जिम्मेवारी पाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...