News Portal

  • फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने

    इभक्तपुर संवाददाताभक्तपुर, २३ बैशाख
    ६६५ पटक
    भक्तपुर, २३ बैशाख

    कर्मचारीलाई अभियुक्त बनाएर अदालतमा मुद्दा दायर हुनासाथ निलम्बन हुने व्यवस्था भए पनि सांसदलाई भने यो व्यवस्था आकर्षित नहुने भएको छ । फौजदारी अभियोग लागे पनि सांसदको हकमा कुनै पनि तहको अदालतको अन्तिम फैसला नआउँदासम्म पद निलम्बन हुनेछैन । तर, मुद्दा लागेसँगै सेवा सुविधा रोकिने र सांसदको हैसियतमा कुनै पनि काम कारबाहीमा भाग लिन नपाइने भएको छ ।

    यसअघिको नियमावलीको व्यवस्थाभन्दा पछि हटेर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नियमावलीमा सहमति गरेको खबर गोरखापत्रमा छ । यसअघि मुद्दा चलेपछि पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पनि निलम्बन हुने व्यवस्था थियो । यो व्यवस्थाअनुसार श्यामसुन्दर गुप्ता, डोलबहादुर कार्की, ल्यारक्याल लामा तथा सञ्जय साह निलम्बनमा परेका थिए । जनकपुर बमकाण्डका मुख्य अभियुक्तका रूपमा मुद्दा चलाइएका साह अहिले पनि थुनामै छन् ।
    फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने व्यवस्थामा सहमति गर्दै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सेवा सुविधा रोके पनि निलम्बन भने नहुने सहमति गरेको हो । नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले विवादित विषयमा सहमति भएको बताउछन् ।
    पोखरेलले भन्नुभयो, ‘फौजदारी कसुरमा कुनै पनि तहको अदालतले अन्तिम फैसला नगर्दासम्म निलम्बन हुने छैन । तर, सेवा सुविधा रोकिनेछ । सांसदको हैसियतले कुनै पनि काम कारबाहीमा भाग लिन पाइने छैन । ’
    निलम्बन गर्ने वा नगर्ने विषयमा दलहरूबीचमा विवाद थियो । नेकपा एमाले र माओवादी केन्द्र निलम्बनका पक्षमा उभिए पनि काँग्रेस र मधेस केन्द्रित दलहरू निलम्बन नगर्ने पक्षमा थिए । हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबर्जस्ती करणी लगायत मुद्दाहरू नैतिक पतन देखिने फौजदारी कसुरमा पर्छन् ।
    सहमतिअनुसार प्रतिनिधिसभामा दस समिति हुने भएका छन् । नेपाली काँग्रेसले भने सात समिति बनाउने अडानमा फरक मत राखेको छ । यस्तै, सांसद निलम्बन तथा समिति सङ्ख्याबारे नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको पनि फरक मत छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...