News Portal

  • हात मिलाउन नपाइने हावा खवरको पछि नदौडनुस् : मन्त्री दुलाल

    इभक्तपुर संवाददाताभक्तपुर, २४ बैशाख
    ७३२ पटक
    भक्तपुर, २४ बैशाख

    प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले हात मिलाउन नपाउने नीति नल्याउने प्रष्ट पारेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले उक्त कुरा प्रष्ट पारेका हुन् ।

    एक अनलाइनले ‘हात मिलाउन छाड्नुस ! प्रदेश सरकारले ल्याउदैछ नीति’ शिर्षकमा लेखेको समाचारप्रति आक्रोसित बनेका मन्त्री दुलालले पत्रकारले अफवाह फैलाएको जिकिर गरेका छन् । मन्त्री दुलालले हात मिलाउन नपाउने नीति न आउने दावी समेत गरेका छन् ।

    उनले प्रबुद्ध पाठक नै सत्यतथ्य नबुझी पत्रकारकै कुरामा लाग्नु गलत भएकोसमेत भनेका छन । समाचार उद्दृत गर्दै पाठकहरुले सामाजिक संजालमा आलोचना गर्न थालेपछि मन्त्री दुलालले सोमबार सामाजिक संजाल मार्फत नै स्पष्टिकरण दिएका हुन् ।

    पाठक / दर्शक कान नछामी कागको पछि दौडन नहुने भन्दै समाचारको सत्यतथ्य बुझेर मात्र धारणा बनाउनु पर्ने उनको जिकिर छ ।

    आफूलाई यस अघि पनि व्यवसायी अजय सुमार्गीकी श्रीमतीले तिमी भनेको भनेर अनलाइन समाचारमा ब्यानर न्युज बनाएको र त्यसपछि आफू स्पष्टिकरण दिएरै हैरान भएको प्रसङ्ग स्मरण गर्दै मन्त्री दुलालले हुँदै नभएको समाचार बनाएर भ्रमित गर्ने प्रवृत्ती भएको भन्दै आपत्ती जनाएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...