News Portal

  • कम्युनिष्ट सरकार दृष्टिविहीन भएको यादवको आरोप

    नेपालवाल संवाददाताराजविराज, ११ जेठ
    १४७७ पटक
    राजविराज, ११ जेठ

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहुमतको कम्युनिष्ट सरकार आफै समाप्त हुने गरी काम गरिरहेको टिप्पणी गरेका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरू समाप्त हुने बखतसम्म मुलुक पनि तहसनहस भइसक्ने अध्यक्ष यादवले दाबी गरे ।

    राजविराजमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट सरकार दृष्टिबिहीन बनेर मुलुकलाई चलाउने प्रयास गरेको आरोप लगाए । ‘विश्वमा चीनबाहेक कुनै पनि देशमा कम्युनिस्ट शासन चल्न सकेको छैन’ उनले भने, ‘’चीनका पनि कम्युनिस्ट आफ्नै ढंगले राम्रो नीति बनाएर अगाडि बढिरहेका कारण अहिलेसम्म टिकेको हो ।”

    विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरू ध्वस्त भइसकेको र उनीहरूको ध्वस्तसँगै ती देशहरू पनि बर्बाद भइसकेको छ ।’ अध्यक्ष यादवले पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि ती शासनसँगै कम्युनिस्टहरू ध्वस्त भएको उल्लेख गरे ।

    सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसदसमेत रहेका यादवले प्रदेश २ समृद्ध नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए । उनले प्रदेश २ का जनता अधिकार सम्पन्न, आर्थिक रूपले समृद्ध भए मात्र पुरै नेपाल समृद्ध हुने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...