News Portal

  • बिरामीलाई फलफुल वितरण गरेर नलगाडले मनायो गणतन्त्र दिवस (फोटो फिचर)

    लक्ष्मण रसाईली समर्पण जाजरकोट, जेठ १५
    १९१९ पटक
    जाजरकोट, जेठ १५

    आज गणतन्त्र दिवस । जाजरकोटको नलगाड नगरपालिकामा आज एक औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ ।

    मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाईएको हो ।

    वडा नं ७ को दल्लीमा आज गणतन्त्र दिवसको अवसरमा नगर सरसफाई कार्यक्रम गरियो । प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरियो । विद्यार्थीको व्यक्तित्व,ज्ञान, क्षमताको विकाशका लागि हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भयो । त्यसैगरी स्वस्थ अनि सभ्य जीवनका लागि योग प्रशिक्षण र सांस्कृतिक कार्यक्रम सहित आज गणतन्त्र दिवस मनाइएको छ।

    २०६४ को चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो।

    राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा त्यसपछि हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । त्यस्तै नलगाड नगरपालिकाले पनि दल्लिमा औपचारिक कार्यक्रमका साथ मनाईएको छ ।

    कार्यक्रम नगरपालिका प्रमुख टेक बहादुर रावल, उप प्रमुख बालकुमारी बस्नेत, नगर प्रबक्ता राम माया हमाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह, नगरपालिका स्तरका सम्पूर्ण कार्यालय प्रमुख तथा कर्मचारी,स्थानियबाशी,विद्यार्थी सम्पूर्णको उपास्थितीमा भब्यरुपले मनाइएको छ।

    “२०६४ को चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको आज ठिक एघार बर्ष भयो । ” राज संस्थाको आन्त्य र गणतन्त्रको स्थापना संगै हामी नेपाली जनता अहिले नयाँ युगमा प्रबेश गरेका छाैं ,जुन हजारौ सहिदको त्याग, तपस्या र बलिदान पछि मात्र संभव भएको हो” औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले भने.-”हामी शहिदले देखाएको बाटोमा हिड्छाैं । ”

    त्यस्तै उप- प्रमुख बाल कुमारी बस्नेतले पनि नेपाली जनताको खुसीको दिन आज भएकाले आफूहरुले नगर स्तरमा बिभिन्न कार्यक्रम,सरसफाई,बिरामीहरुलाई फलफुल बितरण सहित यो खुसियालीको कार्यक्रम गरेको बताइन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...