News Portal

  • जिउँदा देवता आउने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ पुस २०८०
    ३९२ पटक
    भक्तपुर, १३ पुस २०८०

    कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन अर्थात् आउँदो सोमबारबाट प्रशारण हुने भएको छ ।

    कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

    ओएसआर डिजिटलले प्रशारण गर्न लागेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ । सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने कुरा निर्देशक सरोज खनालले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...