News Portal

  • बीबीएस अध्यनरत विद्यार्थी अर्यालले सहयोग गरेपछि प्रहरी दंग

    रामकृष्ण सिवाकोटीहेटौँडा, जेठ १५
    १४६४ पटक
    हेटौँडा, जेठ १५

    सामाजिक सेवामा लाग्न उमेरले नछेक्ने उदाहरण बनेका छन् विद्यार्थी बुद्धराज अर्याल । अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयम् सेवक संयोजक समेत रहेका विद्यार्थी नेता अर्यालले ईलाका प्रहरी कार्यालय भिमफेदी हेटौंडालाई २ थान सीसीटीभी क्यामेरासहित मोनिटर लगायतका अन्य आवश्यक सामाग्री सहयोग गरेका छन् ।

    केही दिन अगाडि मात्र हेटौंडा जेसिस द्वारा आयोजित डोनेसन प्रोग्राम अन्तर्गत कालिका आधारभुत विद्यालय ( -नकौली बसामाडी ) मा २ सय १५ विद्यार्थीहरुलाइ  १ हजार २ सय कापी बितरण गरेर सामाजिक क्षेत्रमा सक्रिय रहेका अर्यालले यतिबेला सीसीटीभी नै सुम्पिदिएपछि प्रहरी र स्थानिय दंग परेका छन् ।

    शुक्रबार एक कार्यक्रममा इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सइ मेघराज घिमिरेलाई हेटौँडा–७ बस्ने हाल बि.बि.एस. चौथो बर्ष मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत् बुद्ध अर्यालले सिसिटिभी क्यामेरा सहितको सामाग्री हस्तान्तरण गरेका हुन् ।

    कार्यालयलाई थप व्यवस्थित र सुरक्षित बनाई शान्ति सुरक्षाको मोनेटरिङ गर्न सहयोग होस् भन्ने उदेश्यले सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको अर्यालले बताए । अर्यालको सहयोग ग्रहण गर्दै सइ घिमिरेले धनभन्दा मन ठूलो भएको भन्दै कलिलै उमेरमा समाजसेवी भावना भएका अर्याल जस्ता युवाहरुको खाचोँ रहेको बताएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि एवं भिमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले कार्यक्रममा बोल्दै नागरिकस्तरबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउँदै सर्हानीय कार्यका लागि अर्याललाई धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, गाउँपालिकाका कर्मचारीहरु,स्थानीय बासिन्दाहरु, पत्रकार तथा प्रहरीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच...

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।...

    स्ववियु निर्वाचनको मतदान सुरु

    स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज...