News Portal

  • सामाजिक संजालमा बसेर साइबर अपराध गर्नेलाई समात्न बन्ने भयो छुट्टै ब्यूरो

    नेपालवाल संवाददाताकाठमाडौँ, १६ जेठ
    १५८३ पटक
    काठमाडौँ, १६ जेठ

    नेपाल प्रहरीमा २ ब्यूरो थपिने भएका छन् । सरकारले बजेट बक्तब्य मार्फत २ ब्यूरो थपिने बताएको हो । बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई नियन्त्रण गर्न छु्ट्टा–छुट्टै दुईवटा ब्यूरो स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

    सामाजिक संजालको बढ्दो प्रयोग संगै साइबर अपराध पनि बढ्न थालेपछि सरकारले प्रहरीमा साइवर ब्यूरोको व्यवस्था गर्ने भएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरि अनेक अपराधले बढावा पाएपछि त्यसको नियन्त्रणको लागि छुट्टै ब्यूरो बनाउनु परेको प्रहरीले बताउदै आएको थियो ।

    त्यसैगरी मानव वेचविखन नियन्त्रण ब्यूरो पनि बन्ने भएको छ । मंगलवार संसदमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई नियन्त्रण गर्न छु्ट्टा–छुट्टै दुईवटा ब्यूरो स्थापना गरिने बताए ।

    आर्थिक वर्ष २०७५÷७६ को वजेट प्रस्तुत गर्ने क्रममा २ ब्युरो थपिए संगै अब नेपाल प्रहरीको ५ ब्युरो हुने भएको छ । अहिले प्रहरीमा विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो र लागू औषध ब्यूरो रहेका छन् । ब्यूरोको कमाण्ड डिआइजी तहको प्रहरी अधिकारीले सम्हाल्ने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...