News Portal

  • एनजीओ/आइएनजीओप्रति मुख्यमन्त्री शाही आक्रामक : कर्णालीको परनिर्भरता बढाएको आरोप

    नेपालवाल संवाददातासुर्खेत, १७ जेठ
    ९३१ पटक
    सुर्खेत, १७ जेठ

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गैरसरकारी संस्थाका कारण परनिर्भरता बढेको निष्कर्ष निकालेका छन् । उनले गैरसरकारी संस्थाका कारण परनिर्भरता बढेको बताउदै यूरोपियन युनियन(इयू)का प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाव दिएका छन् ।

    बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले सानातिना सहयोगका नाममा विकासमा अलमलको स्थिति आएको जिकिर गरे । दिगो प्रतिफल निकाल्ने भन्दा पनि सानातिना कुरामा काम गर्दा कर्णालीमा गरिएको लगानी डुबेको उनको भनाइ छ ।

    ” कर्णालीमा चामल, चाउचाउ र बिस्कुट बाँड्ने गैरसरकारी संस्थाले यहाँ परनिर्भरता बढाएको छ । यस्ता गैरसरकारी संस्था अब आवश्यक छैन ।” उनले भने ।

    दिगो प्रतिफल निकाल्न नसक्ने परियोजना प्रदेश सरकारको प्राथमिकतामा नपर्ने भन्दै मुख्यमन्त्री शाहीले दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम १ करोडभन्दा माथिको लगानी गर्ने गैरसरकारी संस्थालाई मात्र कर्णालीमा स्थान दिइने दावी गरे ।

    विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले निकट भविश्यमै कर्णालीमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने योजना बनाइएको बताएका थिए । मुख्यमन्त्री शाहीले सवै गैरसरकारि संस्थाहरु एकद्वार प्रणालीमा आएर काम गर्नुपर्ने कुरामा समेत जोड दिए ।

    उक्त अवसरमा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलले कर्णाली प्रदेशको सरकारसँग मिलेर विकासका काम गर्न तयार रहेको बताएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...