News Portal

  • गाउँपालिका प्रमुखमाथि कालो मोसो

    नेपालवाल संवाददातारुपन्देही, २० जेठ
    २५४६ पटक
    रुपन्देही, २० जेठ

    विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले गाउँपालिका प्रमुखमाथि कालो मोसो दलेको छ । सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई आईतवार कालो मोसो दलिएको हो ।

    बिकास निर्माणको काममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र ब्यापारीहरुलाई बेचेर कमिसन खाएको, गाँउपालिकाका बिभिन्न सामान खरिदका क्रममा प्रक्रिया मिलाएर नै कमिसन खाएको गुनासो जनस्तरबाटै आएका कारण प्रमुखमाथि कारवाही गर्नुपरेको जनपरिषदले जनाएको छ ।

    त्यस्तै प्रमुख चौधरीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउदै बिभिन्न व्यक्ति र समुदायलाई नीति विपरीत बजेट बाँडेर दुरुपयोग गरेको, बिकाश निर्माणमा राजनीति गरी पार्टीका कार्यकर्ता पालेको र योजनाबाट २० देखि २५ प्रतिशतसम्म कमिसन खाने गरेको आरोप पनि जनपरिषदले लगाएको छ ।

    चुनाव बहिस्कार गरेको नेकपाले चुनावबाट निर्वाचित जनप्रतिनिधि जनताको वास्तविक प्रतिनिधि नभएको जिकिर गर्दै आएको छ । विशेषगरी स्थानीय सरकारले जनताको ढाड सेक्नेगरी कर वृद्धि गरेको, भ्रष्ट्राचार बढाएको, दलाली गरेको भन्दै नेकपा विरोधमा उत्रिएको छ । उसले पत्राचार गरेरै जनप्रतिनिधिहरुको राजिनामा माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...