News Portal

  • प्रदेशको सत्ता जोगाउने कसरतमा राजपा : केन्द्रिय सरकारमा सहभागी हुने ठाकुरको इच्छा

    नेपालवाल संवाददाताजनकपुर, २९ जेठ
    ६१२ पटक
    जनकपुर, २९ जेठ

    राष्ट्रिय जनता पार्टी नेपालले समेत सरकारमा सहभागी हुने इच्छा देखाएको छ । राजपाका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका हुन् ।

    सोमबार जनकपुर बिमानस्थलमा संचारकर्मीहरुको साक्षात्कारमा ठाकुरले सरकारमा जान इच्छा देखाएका हुन् ।

    ‘हरेक पार्टीको उदेश्य सरकारमा पुग्नु भएको र पार्टी गठन पनि त्यही उद्देश्यका साथ भएको भन्दै ठाकुरले राजपा पनि सरकारमा सामेल हुन् खोजेको खुलासा गरे ।

    मधेश केन्द्रित दल राजपा र संघीय समाजबादी फोरमले संयुक्तरुपमा प्रदेश २ मा सरकार बनाएका छन । संघीय समाजबादी फोरम केन्द्रिय सरकारमा सामेल भैसकेको अवस्थामा प्रदेशको गठबन्धन बचाइराख्न राजपालाई प्रेसर परेको छ ।

    राजपालाई केन्द्रिय सरकारमा सामेल नभएको अवस्थामा प्रदेशको सत्ता पनि गुमाउने स्थिति बन्ने डरले घर गरिरहेको राजनीतिक वृत्तमा टिप्पणी हुँदै आएको सन्दर्भमा राजपा सरकारमा सहभागी हुन् तत्पर देखिएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...