News Portal

  • प्रतिक कार्कीको अध्यक्षतामा अखिल(क्रान्तिकारी)को ३५ सदस्यीय क्याम्पस समिति गठन

    नेपालवाल संवाददाताकाठमाडौं, ४ जेठ
    १०९५ पटक
    काठमाडौं, ४ जेठ

    पूर्व नेकपा माओबादी केन्द्रको बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) नेपाल ल क्याम्पस समितिको आज बसेको बैठकले प्रतिक कार्कीको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस समिति गठन गरेको छ । ३ नम्बर प्रेदेश इन्चार्ज पवन कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकमा तीन नम्बर प्रदेशका सह-संयोजक इन्द्र लामा तथा केन्द्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    बैठकले लामो समय आयोजक कमिटीको रुपमा रहेको कमिटीलाई पुर्णता दिएको हो । बैठकमा पार्टी एकीकरणपछि निर्माण भएको परिस्थिति र यसमा अब विद्यार्थी संगठनहरुको संरचना र एकता कस्तो हुने भन्ने विषयमा सामान्य छलफल पनि भएको थियो।

    बैठकले प्रतिक कार्कीलाई अध्यक्षमा निर्वाचित गर्दै सम्झना तामाङ र उज्वल कार्कीलाई उपाध्यक्ष तथा बिष्णु ढुंगेललाइ सचिवमा निर्वाचित गर्‍यो । यसका साथै आशिष बल, मंगल शेन सार्की र सुप्रीया राई सह-सचीव पदमा निर्वाचित भए भने कृष्टिना श्रेष्ठ कोषाध्यक्ष पदमा निर्वाचित भएको बिद्यार्थी नेता बिराज थापाले बताए ।

    ३ नं प्रदेश इन्चार्ज पवन कार्कीले कानुनको क्षेत्रमा राम्रो योगदान पुर्याउन नब निर्वाचित टिमलाई शुभकामना दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...