News Portal

  • हरिवन- ९ ले सम्पन्न गरेको योजना मेयरको टोलीद्वारा अनुगमन

    प्रेमनाथ पाैडेलसर्लाही, ८ असार
    १२७९ पटक
    सर्लाही, ८ असार

    सर्लाहीको उतरी क्षेत्रमा रहेको हरिवन नगरपालिका वडा नम्बर ९ ले सम्पन्न गरेको योजनाको सरोकारवालाले अनुगमन गरेका छ्न् ।
    आर्थिक बर्ष २०७४/७५ मा बिनियोजित बजेटबाट वडा मा भएका बिकाश निर्माण लगायतको नगरप्रमुख गणेश प्रसाईं, उप प्रमुख रेनुका पौडेल, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष सिताराम पोख्रेल, सन्चारकर्मी र स्थानीय अगुवा लगायतले योजनाको अनुगमन, निरीक्षण र मुल्यांकन गर्ने काम गरेका हुन् ।

    कुल ८९ लाखको लागतमा उपभोक्ता समिति मार्फत गरिएका विभिन्न योजनाको अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा योजना मध्ये पुर्बाधार बिकाश अन्तर्गत २० वटा मध्ये १९ योजना सम्पन्न भएको पाईएको छ । त्यस्तै पशु बिकाश अन्तर्गत का ९ वटै र सामाजिक बिकाश अन्तर्गत ८ वटा योजना सम्पन्न भएका छ्न । वातावरण तथा बिपत ब्यबस्थापन र संस्थागत बिकाश तथा सेवा प्रवाह बिकाश का अधिकांश योजना सम्पन्न भएको पाईएको अनुगमन टोलिका प्रमुख गणेश प्रसाईंले बताए ।

    नगरपालिकाका ११ वडा मध्ये छिटो छरितो र स्तरीय ढंगले योजना सम्पन्न गर्नमा सफल पहिलो वडा भएको प्रती वडा अध्यक्ष ,उपभोक्ता समिति ,र वडाबासी धन्यबाद को पात्र भएको मेयर प्रसाईंको भनाई थियो ।

    ८९ लाखको बजेट सिलिङ्ग भित्र रहेर वडा को डुम्रीघारी ,दनवारी ,बिष्णुपुर ,नयाँरोड लगायतका स्थान मा नक्सा बमोजिम सडक बिस्तार बिधुतिकरण बिद्यालयको स्तरोन्नती, खानेपानी बितरण लगायतका कामहरु उत्कृष्ट रहेको पाईएको अनुगमन टोलिकी सदस्य एवम् नगरपालिकाकी उपमेयर रेनुका पौडेल ले बताईन । उनले वडा नम्बर ९ ले जस्तै नगरका सबै वडाले योजनाका काम चुस्त र दुरुस्त ढंगले समय मै सम्पन्न गरे मात्र आफूहरुले चुनाबका समयमा नागरिक समक्ष गरेको बाचा पुरा हुने पौडेलले प्रष्ट्याइन् ।

    त्यसैगरी आफूले नगरपालिकाले दिएको मापदण्ड र परिधि भित्रै रहेर योजनाको काम सम्पन्न गरेको दावी गर्दै वडा अध्यक्ष सिताराम पोख्रेलले वडाको धनलाइ नि स्वार्थ मनले परिचालनमा सहयोग पुर्याई समयमै योजना सम्पन्न गर्न साथ् दिएकोमा सम्पूर्ण वडावासी जनसमुदायप्रति आभार समेत प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...