News Portal

  • धादिङको उत्तरी भेगमा भीषण पहिरो : एकै परिवारका ३ को मृत्यु , ३ गाउँपालिका प्रभावित्

    नेपालवाल संवाददाताधादिङ, १४ असार
    १५४७ पटक
    धादिङ, १४ असार

    धादिङको उत्तरी भेगमा पर्ने खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा भिषण पहिरोमा परि एकै परिवारका ३ को मृत्यु भएको छ । राजु गोलेको घरलाइ पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको हो ।

    दुई दिनदेखि परेको वर्षाका कारण गएराती गएको पहिरोले उक्त क्षती गराएको बताइएको छ । मृतकहरुको शव आज विहान पहिरोबाट निकालिएको छ । पहिरोमा परि ७ घर पुरिएको छ भने ४ जना घाइते भएका छन् ।
    पहिरोमा परि घाइतेलाई स्थानीयले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि पुर्याएका छन् ।

    यसैगरी खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पनि पहिरोले विध्वंस गरिदिएको छ । चिउरीखर्कमा एक घर पहिरोले पुरिएको छ । सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाले जनाएकाे छ ।

    यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा ५ घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । यसले गर्दा उद्धारमा कठिनाइ आएको छ ।

    घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...