News Portal

  • किसानकाे केरा काट्ने कारागार चलान

    नेपालवाल संवाददाताचितवन, २३ असार
    ९५८ पटक
    चितवन, २३ असार

    पूर्वी चितवनको उत्तरी भेगमा पर्ने कालिका नगरपालिकामा किसानको खेतमा पसेर केराका बोट काट्नेहरु कारागार चलान भएका छन् । कालिका नगरपालिका –६ जुटपानीमा किसानको खेतमा पसेर केराको बोट काटेको आरोपमा पक्राउ परेका व्यक्तिहरु कारागार चलान भएका हुन् ।

    कालिका नगरपालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै उनलाई कारागार चलान गरिएको प्रहरीले जानकारी गराएको छ । जिल्ला अदालतले रु २ लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि डल्लाकोटी कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी गराएका छन् । यसअघि पक्राउ परेका अन्य ५ आरोपी पनि रु २ लाख ५० हजार धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन । ७ जना उक्त कार्यमा संलग्न रहेकोमा १ अझै फरार रहेको प्रहरीले बताएको छ ।

    डल्लाकोटीसहित ७ जनाको एक समूहले गत वैशाख १७ गते किसानको खेतमा पसेर ३ हजार ९४ बोट केराको बोट काटेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...