News Portal

  • नेपाली कांग्रेसको विरोधपछि सोमबारको संसद बैठक अवरुद्ध

    नेपालवाल संवाददाताकाठमाडौं, ३२ असार
    ४८६ पटक
    काठमाडौं, ३२ असार

    प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

    चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या सम्बोधन गर्नुपर्नेमा थप विसंगति निम्त्याउने र माफियाको चलखेल सहज हुने गरी सरकारले चिकित्सा शिक्षा विधेयक पेस गरेको दाबी कांग्रेसले गरेको छ।

    सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए।

    लगत्तै सभामुखबाट समय लिएर बोलेका सांसद मिनबहादुर विश्वकर्माले सरकार समस्या समाधानमा भन्दा समस्या बल्झाउने नियतमा उद्धत भएको भन्दै आपत्ति जनाए।

    संसदमा प्रतिपक्षीले उठाएका आवाज सम्बोधन गर्नुको सट्टा सरकारले संसदलाई नै मजाक बनाउँदै अभिव्यक्ति दिएको उनको आरोप थियो।

    ‘हामीले अनसनरत डा केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षाका लागि पटक/पटक आवाज उठाउँदा पनि सरकार गम्भीर देखिएन। यस घटनालाई मुलुकभित्र र विश्वमा नै चासोका साथ हेरिएको भए पनि सरकारले बेवास्ता गर्यो। तसर्थ उहाँका माग सम्बोधन नभएसम्म संसद चल्न दिदैनौं।’

    उनले थपे, ‘यो विषयमा सरकार गैरजिम्मेवार छ। जवाफदेहिता बिर्सेर एक ढंगबाट तानाशाही र सर्वसत्तावादी शैलीबाट सरकार अघि बढेकाले यस्तो स्थितिमा प्रमुख प्रतिपक्षीको दृष्टिबाट संसद अघि नबढ्ने जानकारी गराउँछु।’

    सभामुख महराले भने नियमित प्रक्रियाबाट विधेयक अघि बढेको बताए। सभामुखको पटक पटकको अनुरोधका बाबजुद कांग्रेस सांसदहरू यथास्थानमा उभिइरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो। बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...