News Portal

  • ठगको फेला परेपछि एक बस जन्ती लिएर बिहे गर्न पुगेका बेहुला रित्तो हात फिर्ता

    नेपालवाल संवाददातातनहु, २ साउन
    १०६३ पटक
    तनहु, २ साउन

    ठगको फेला परेपछि बेहुली बिना नै बेहुला फर्कनुपरेको छ । सोमवार एक बस जन्ती लिएर बिहे गर्न पुगेका बेहुला रित्तो हात फर्कनुपरेको हो ।

    बिहेका लागि केटीलाई गहना लैजाने भनी गहना लिएर भाग्ने उद्देश्य बनाएका ठग लमीको फेला पर्दा दमौलीस्थित दुर्गा मन्दिर बाट रित्तै फर्कनु परेको बताइएको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार माइती भई दैलेखको नारायण नगरपालिका घर भएकी लक्ष्मीसिंह थापा र उनका श्रीमान् जगतबहादु्र थापाको मिलेमतोमा ठग्ने नियतले हुदै नभएकी बेहुली छ भनेर बिहे गर्न बोलाएपछि स्थानीय एक युवक एक बस जन्ती लिएर बिहेको लागि पुगेका थिए ।

    बिबाह गर्ने मन्दिरमा बेहुलीलाइ नदेखेपछि लमीद्वय थापा दम्पतीलाई सोध्दा गहना देखाएपछि मात्र बेहुली आउने भनेपछि शंका लागेको र प्रहरीलाई खबर गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयले घटनाको पुष्टि गरेको छ । ठगीको आरोपमा थापा दम्पतीलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य अघि बढाइएको जिप्रकाले जानकारी गरायो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...