News Portal

  • अनसनरत डा केसीसंग जोडेपछि प्रचण्ड सचिवालय परेशान : आयो यस्तो बिज्ञप्ती

    नेपालवाल संवाददाताकाठमाडौं, ४ असार
    ९१६ पटक
    काठमाडौं, ४ असार

    एक्काइस दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको मागमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थन रहेको भन्ने समाचार भ्रामक देखिएको छ । विभिन्न सञ्चारमाध्यममा आएको उक्त समाचारमा कुनै सत्यता नभएको उनकाे सचिवालयले प्रष्ट पारेको छ ।

    अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलद्वारा जारी प्रेस विज्ञप्तिमा ‘डा केसीको माग जायज ः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
    आफ्नो हवाला दिदै भ्रामक समाचार प्रकाशन गरिएको दावी गर्दै बिज्ञप्तीमा आफूले कसैसंग यस्तो कुरा नबताएको जुगलले जिकिर गरेका छन ।

    “डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।”विज्ञप्तिमा भनिएको छ ।

    अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

    हेर्नुस् विज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...