News Portal

  • नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक

    नेपालवाल संवाददाताकाठमाडौं, ५ साउन
    ७९४ पटक
    काठमाडौं, ५ साउन

    नेपालकी कृति गौतमले थाइल्याण्डको बैंककमा भइरहेको थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।

    शुक्रबार कृतिले महिला ३० केजी तौल समूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाहकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जानकारी दिए ।

    नेपालमा विभिन्न राष्ट्रिय पदक जित्न सफल कृतिले ११ वर्षमै अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकी हुन् ।


    टिम व्यवस्थापक श्रेष्ठका अनुसार सेमिफाइनलमा कृतिले भारतकी खेलाडीलाई ८–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । फइनलमा भने उनी उज्वेकिस्तानकी खेलाडी सँग १–० को झीनो अन्तरले चुक्न पुगिन् ।

    क्यामेलिया स्कूल कालिमाटीमा कक्षा ५ मा अध्ययनरत गौतम पढाइमा पनि अब्बल छिन् । छोरीले कम उमेरमै अन्तर्राष्ट्रिय पदक जितेपछि एकदमै खुसी लागेको पिता दिपक गौतमले बताए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...