News Portal

  • भावुक हुदै पौडेलले भने ‘ म भए राम्रोसंग मुलुक चलाउथें, अहिले माफियाले चलाएको हेर्नुपर्यो’

    नेपालवाल संवाददाताकाठमाडौँ, ६ साउन
    १००९ पटक
    काठमाडौँ, ६ साउन

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारप्रति कडा आरोप लगाएका छन छन् । उनले बर्तमान सरकार कम्युनिष्टले नभएर माफियाले चलाएको आरोप लगाएका हुन् ।

    नेपाल महिला संघ काठमाडौंले ३६ औं बिपी स्मृति दिवसका अवसर पारेर आइतबार आयोजना गरेको कार्यक्रममा पौडेलले यस्तो आरोप लगाएका हुन् ।

    नेपालका कम्युनिष्टहरुले नेपालमा कम्युनिजम ल्याउने भन्दा पनि माफियाराज ल्याउने दिशामा लागेको उनको दावी छ । ”अहिले देश माफियाले चलाइरहेको छ । लाल झण्डा ओढेपछि सवै खत माफ हुने अवस्था आएको छ । यसरी कम्युनिष्टहरुले नयाँ शोषक वर्ग जन्माउदैछन् ।” उनले भने ।

    ”मैले मुलुक चलाउने मौका पाइन् । राम्रोसंग चलाउन सक्छु जस्तो लागेको थियो ।” भावुक हुदै उनले भने ।

    वरिष्ठ नेता पौडेलले महिला संघको उक्त कार्यक्रम रोक्न धेरै कोशिस भएकोसमेत खुलासा गरे । पार्टी नेतृत्वका कारण पार्टी कमजोर भएको भन्दै उनले महिला नेतृहरुलाई समेत महिलाको मात्र नभई मुलुककै नेता बन्न सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...