News Portal

  • आज ठूली एकादशी : यसकारण रोपिन्छ तुलसी

    काठमाडौं, ७ साउन
    ८९३ पटक
    काठमाडौं, ७ साउन

    साउन शुक्ल एकादशीका दिन सोमबार नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरूपका रूपमा लिइन्छ ।

    प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको बिरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा रहेको छ ।
    हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नुहुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।
    चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
    यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...