News Portal

  • शैक्षिक भ्रमणमा गएका ३ विद्यार्थी तालमा डुबेर बेपत्ता

    नेपालवाल संवाददातासोलुखुम्बु, १९ साउन
    ५३९ पटक
    सोलुखुम्बु, १९ साउन

    सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर जिल्लाका ३ विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुुङको–खुम्जुुङ माविबाट शैक्षिक भ्रमणमा गएका कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी शनिबार बिहान हिमतालमा डुुबेर बेपत्ता भएका हुन् ।

    बेपत्ता भएकाहरुमा खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का पेम्बा दोर्जे शेर्पा र तेम्बा नुरु शेर्पा तथा वडा नम्बर १ का सुनिल बराईली भएको प्रहरीले पुष्टि गरेको छ । उक्त हिमतालमा नुहाउन पसेका उनीहरु बेपता भएका बताइएको छ ।

    बेपत्ता विद्यार्थीको खोजी र उद्धार गर्न हेलिकोप्टर सहित प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक रेशम पराजुलीले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि...