News Portal

  • मेयर र उपमेयरकै वडामा ७२ लाख रुपैयाँ फ्रिज

    रौतहट, २६ साउन
    १०९६ पटक
    रौतहट, २६ साउन

    राजदेवी नगरपालिका वडा नम्बर ९ मा आर्थिक वर्ष २०७४।२०७५ को ७२ लाख रुपैयाँ फ्रिज भएको छ । राजनीतिक दलको मतभेदको कारण उक्त रकम फ्रिज भएको मधेशवाणीले जनाएको छ ।

    शनिबार आयोजित सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले विकासको लागि आएको रकम कसरी र किन फ्रिज भयो भन्ने प्रश्न गर्दा निर्वाचित वडा अध्यक्ष फुलिंद्र दासले यसको दोषी सबै वडाबासी भएको आरोप लगाए ।

    उपभोक्ता गठनमा केही स्थानीय नेताहरुले विरोध गरी निर्णय पुस्तिका च्याती दिएको कारण समयमा योजना कार्यान्वयन हुन नसक्दा रकम फ्रिज भएको वडा अध्यक्ष दासको भनाइ रहेको छ ।

    स्थानीयले राखेको जिज्ञासाको समाधान गर्ने क्रममा नगर प्रमुख धीरेन्द्र सिंह उपप्रमुख अंशु सिंहले केहि कमी कमजोरीको कारण रकम फ्रिज हुन गरेको स्वीकार्य गर्दै जनतासित क्षमा मागेका छन् ।

    नगरपालिकाका प्रमुख र उपप्रमुखको घर भएको वडाको ७२ लाख ९ सय ८६ रुपैया फ्रिज हुनु लज्जास्पद रहेको छ ।

    आपसी विबादको कारण नगरसभावाट छनौट भएको रामकिशुन दासको घर देखि प्रेम शंकरको घर सम्म र ख्याली साहको घरदेखि पंडितजीको घरसम्मको बाटो ढलानको योजनामा कार्य नभई रकम फ्रिज भएको मेयर सिंहले बताएका छन् ।

    रकम फ्रिज हुदैन भन्ने विश्वासमा बसेको र पछि रकम फ्रिज हुने जानकारी प्राप्त हुदा समय नजिक हुन गएकोले सीमाक्षेत्र विकासको रकम खर्च गरिए पनि नगरपालिकाले विनियोजन गरेको रकम खर्च हुन नसकेको मेयर सिंहले बताए । उनले आफनै गाउको रकम फ्रिज भएकोमा हीनता बोध भई रहेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...