News Portal

  • प्रहरीद्वारा चोरीमा संलग्न हवल्दार पक्राउ

    नेपालवाल संवाददातानवलपरासी, १ भदाै
    ७७७ पटक
    नवलपरासी, १ भदाै

    एक साताअघि चोरी भएको स्कारपियो जीप चोरीमा प्रहरीकै संलग्नता देखिएको छ । पश्चिम नवलपरासीको सुनवलबाट चोरिएको जीप सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेपछि उनलाई पक्राउ गरिएको छ ।

    बा १५ च २१०४ नं को उक्त जीप सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास बर्दघाट –५ मा फेला परेको हो ।

    गाडी खोज्न ग्राहक बनेर खटिएको प्रहरी टोलीले गाडी सहित हवल्दार चौधरीलाई पक्राउ गरेको छ ।

    गाडी किन्न भन्दै गएका इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई सैनामैनाका दिलीप बोहाराले चाैधरीको घरमा पुर्याएका थिए ।

    गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पनि पक्राउ गरेको छ । चोरीमा संलग्न तीनै जनालाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...