News Portal

  • साईबर अपराध अनुसन्धानको क्रममा तुरुन्त सूचना पाउने वातावरण बनाउन जोड

    काठमाडौं, ४ भदाै
    ९८१ पटक
    काठमाडौं, ४ भदाै

    नेपाल प्रहरीले सोमबार साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको बताए । उनले नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय गर्नुपर्नेमा जोड दिए ।

    साईबर अपराध अनुसन्धानको क्रममा सो सम्बन्धी सूचना प्राप्त गर्न कठिन रहेको अवस्थामा सरोकारवाला निकायबीच समन्वय गरी तुरुन्त सूचना पाउन सक्ने वातावरण सिर्जना गर्न तथा आगामी कार्यदिशा बनाउन अन्तरक्रिया महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

    अन्तरक्रियामा प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद साँखीले सूचना प्रविधि विधेयक, नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर अजित रेग्मीले वित्तिय क्षेत्रमा सुरक्षा सम्बन्धी नीति तथा चुनौति, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले साईबर सुरक्षा सम्बन्धमा नियामक निकायको भूमिका र नेपाल बैंकर एसोसियसनका प्रतिनिधि सुजित श्रेष्ठले बैंक तथा वित्तिय संस्थाको वर्तमान साईबर सुरक्षाको अवस्था लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...