News Portal

  • दुई रुपैया किलो पनि बिक्री नभएपछि सर्लाहीका किसानले सडकमै फाले तरकारी

    प्रेमनाथ पाैडेलसर्लाही, १० भदाै
    ४००१ पटक
    सर्लाही, १० भदाै

    आम उपभोक्ताले तरकारी महंगोमा किन्नुपरेको गुनासो गरिरहदा किसानले भने २ रुपैया किलो पनि मुल्य पाउन सकेका छैनन् ।

    मुल्य नपाउँदा ताजा तरकारीको लागि देशभर नाम कहलिएको सर्लाहीको लालबन्दीमा किसानहरुले राजमार्गमै तरकारी फाल्नु परेको छ । तरकारीको उचित मुल्य नपाएपछि बाटो मै तरकारी फाल्नु पर्ने बाध्यता आइपरेको हो ।

    केहि दिन अघि सम्म राम्रै मुल्य पाइरहेका ताजा तरकारीको मुल्यमा एक्कासी गिरावट आए पछि बिरोध स्वरुप किसानहरुले ताजा तरकारीहरु राजमार्गमा फालेका छन् ।
    लगानी अनुसार मुल्य नपाए पछि किसानहरु आक्रोसित हुदै ताजा तरकारी राजमार्गमा फालेर आन्दोलनमा उत्रिएका हुन् ।
    दुई दिन अघि सम्म घिरौला प्रति किलो १५ रुपैयामा थोक ब्यापारीले खरिद गरिरहेका भए पनि शनिवार घिरौला दुई रुपैयामा पनि ब्यापारीले खरिद नगरे पछि निरास किसानहरुले ब्यापारीको बिरोध गरेकाे बताए । घिरौला, झिमनी, भिन्डी लगायत तरकारी राजमार्गमा फालेर बिरोध गरिएको थियो ।

    बेच्न लगेका ताजा तरकारी राजमार्गमा फ्याकेर केहि बेर राजमार्गमा प्रदर्शन गरेका थिए । प्रदर्शन बाट केहि समय राजमार्ग समेत अबरुद्द भएको नवलपुरका किसान असर्फी महतोले जनाए ।

    उता ब्यापारीहरुले भने ताजा तरकारी को देशभर नै उत्पादन मा बृदी आएको र उत्पादन अनुसार तरकारी हरु महगो मुल्यतिरेर खरिद गर्न नसकेको बताएका छन ।

    लालबन्दी बाट दैनिक २० ट्र्क भन्दा बढी ताजा तरकारी काठमाण्डौ ,वीरगन्ज , हेटौडा ,नारायणघाटका साथै पुर्व बिराटनगर सम्म पनि पुर्याउने गरिएको छ ।

    क्रेता व्यापारीहरु कम उपस्थित हुदा मुल्य घटेको ताजा तरकारी ब्यबस्थापन समितीका ब्यबस्थापक शम्भु प्रसाद घिमिरेको भनाई रहेको छ । चाड पर्व परेकोले क्रेता ब्यापारी कम आएको हुनसक्ने बजार विश्लेषकहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...