News Portal

  • रोडमा शव घिसार्दै लगिरहेका युवक पक्राउ

    नेपालवाल संवाददाताधनगढी, १ मंसिर
    ५९५ पटक
    धनगढी, १ मंसिर

    धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- ४ का आशिष सेठी रहेका छन् ।

    शुक्रबार राती धनगढी उपमहानगरपालिका- ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा मृतक युवकलाई घिसार्दै लगेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

    वडा नम्वर ४ कै २५ वर्षीय विजय थापालाई मृत अवस्थामा घिसार्दै लग्दै गरेको बेला सोही ठाउँका आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

    मृतक थापा रक्ताम्य अवस्थामा थिए । उनको कसरी मृत्यु भएको हो भन्ने बारे खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले शनिबार मुचुल्का उठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता ओलीले बताए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...