News Portal

  • जता फर्कियो त्यतै सरकार

    नेपालवाल संवाददाताकाठमाडौ, ११ मंसिर
    ७२७ पटक
    काठमाडौ, ११ मंसिर

    प्र

    प्र

    प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन । उनले राजधानीमा मंगलबार एक विशेष कार्यक्रमका बीच सामाजिक सुरक्षा योजनाको घोषणा गरेका हुन् ।

    श्रमिकको हकहितको संरक्षण गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारलाइ लक्षित गरेर सामाजिक सुरक्षा योजना घोषणा गरेको हो । अत्यन्तै महत्वका साथ् ल्याइएको यस योजनाले श्रमिकको भविश्य सुनिश्चित हुने बताइएको छ ।

    सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाइ यो योजना गतिलो जवाफ भएको प्रधानमन्त्रीको दावी छ ।

    आफूहरु जनताका लागि काम गरिरहेका जिकिर गर्दै उनले  सामाजिक सुरक्षा योजनाको घोषणा कार्यक्रममा अब जता फर्कियो त्यतै सरकार भेटिने ठोकुवा गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘ सडक सफा गरिएको छ । केही दिनमा अब मेलम्ची पनि आउँछ। जता फर्क्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरू चुप लाग्नुहुन्छ ।’

    सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गर्न प्रचारप्रसार ब्यापक बनाएपछि आलोचनामा उत्रिएकाहरुप्रति लक्षित गर्दै उनले भने, ‘सरकार देखिएन भन्नेहरुलाई देखाउन र सुनिन भन्नेहरुलाई सुनाउनका लागि पनि यो आवश्यक थियो ।’ सामाजिक सुरक्षा योजनाबाट जनता उत्साहित भएकोले बिरोध होइन होस्टेमा हैसे गर्न पनि उनले अनुरोध गरे ।

    प्रतिकृया दिनुहोस्

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा...

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ...

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ...

    प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...