News Portal

  • पाठ्यपुस्तकमा पुस १ लाई कालोदिन नलेख्न चेतावनी

    नेपलवाल संवाददाता काठमाडौं, २ पुस
    १०६० पटक
    काठमाडौं, २ पुस

    पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा नियतवस त्रुटि गरिएको आरोप लगाउदै हटाउन माग गरेको छ । सरकारले पाठ्यपुस्तकमा नियतवस त्रुटि गरेको भन्दै अविलम्व हटाउन माग गरिएको हो ।

    पुनरुत्थानवादी शक्तिले आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै कक्षा १० को सामाजिक विषयको पुस्तकमा वि.सं.२०१७ साल पुस १ को दिनलाई कालो दिन भनेर लेखिएको प्रति आपत्ति जनाएको हो । उक्त संगठनले उक्त कुरा पाठ्यक्रमबाट नहटाए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

    पुस १ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि नेपाली भाषालाई अनिवार्य गरेको, नेपालमा भारतीय नोटहरुको प्रयोगमा कमी ल्याएको, विदेशीलाई नेपाली भूमी किन्नमा निषेध गरेको जस्ता महत्वपूर्ण कार्य गरेकोले पौष १ लाई नेपाली इतिहासमा अविस्मरणीय दिनको रुपमा मनाउनुपर्ने पुनरुत्थानवादी शक्तिले माग गरेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै पुनरुत्थानवादी शक्तिका नेता शेखरजंग रायमाझीले सरकारले राजा महेन्द्रका योगदानहरु लुकाउँदै उनको कुप्रचार मात्रै गरेको आरोप लगाए । आफ्नो पार्टी नेपालको शैक्षिक गुणस्तर सुधार र शिक्षाको पुनरुत्थान अभियानमा जुटिरहेको भन्दै रायमाझीले गलत विषय पाठ्यक्रममा राखेर सरकारले बालबालिकाहरुको कलिलो मनलाई बिगार्ने काम गरेको आरोप लगाए ।

    प्रसिद्ध स्वीस भुगर्वविद टोनी हेगनले समेत नेपालका राजा महेन्द्र संसारकै महत्वपूर्ण व्यक्तित्व भएको भनी प्रशंसा गरेकोमा त्यस्ता महान् नेपाली राजाले शासन आफ्नो हातमा लिएको दिनलाई कालो दिनमा राखिनु र विद्यालयका बालबालिकालाई समेत सिकाउन पाठ्यक्रममा नै समेटिनुले राजा महेन्द्रले देशको स्वाभिमान, अखण्डता कायम गर्नका लागि गरेका कैयौँ महत्वपूर्ण कार्यको अवमूल्यन गरेको पुनरुत्थानवादी शक्तिको ठहर छ ।

    कालो दिन नभइ पुस १ लाई नेपाली इतिहासकै अविस्मरणीय दिनको रुपमा मनाउनुपर्ने पुनरुत्थानवादी शक्ति नेपालको नेता रायमाझीले बताए ।

    पुनरुत्थानवादी शक्ति नेपालका अर्का नेता शरद मिश्रले सरकारले शिक्षामा गरेको निरन्तरको प्रहारले गुणस्तरमा समस्या देखिएको आरोप लगाए । विद्यालयको सम्पत्तिमा आँखा लगाउने, अस्थायी शिक्षकहरुमाथि ज्यादति गर्ने, पाठ्यक्रममा गलत विषय पढाउने काम आफ्नो पार्टीले रोकेरै छाड्ने मिश्रले स्पष्ट पारे ।

    अधिवक्ता कोषराज काफ्लेले राजनीतिक बिषयलाई तोडमोड गरेर कुप्रचार गर्नाले इतिहासको रक्षा नहुने र यसले कलिला बालबालिकामा मनोबैज्ञानिक असर गर्ने भन्दै व्यवस्था परीबर्तन हुनासाथ निषेध राजनीतिमा स्वीकार्य भए पनि शिक्षामा स्वीकार्य हुन् नसक्ने जिकिर गरे । राजा महेन्द्रले दुईतिहाइ कांग्रेस सरकार बर्खास्त गरेको दिनलाई कालो दिन भनेर पढाउदा भोली अर्को व्यवस्था आएमा लोकतन्त्र बहाली भएको दिनलाई कालो दिन मान्नुपर्ने हुनसक्ने भन्दै उनले शिक्षालाई राजनीतिको शिकार नबनाउन जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...