News Portal

  • राम्रीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ को मृत्यु ११ घाइते

    ६ पुस
    ७९२ पटक
    ६ पुस

    दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले बताउनुभयो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

    सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्किंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो । बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए । बसमा ९ जना महिला र २२ जना पुरूष थिए ।

    बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

    यही बर्षदेखि सञ्चालनमा आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको प्रिन्सिपल यादव सुवेदीले जानकारी दिनुभयो । यही बर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालन भैरहेको थियो । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रबार कपुरकोट गएका थिए ।

    दुर्घटनामा घाईते हुनेहरुमा जुम्ला तातोपानी गाउाँपालिका १४ बस्ने १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउपालिका ३ बस्ने १६ वर्षीय कुशेन्द्र खत्री, जिल्ला दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समिक्षा रोकाया, जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने १८ वर्षीया बिक्रम भण्डारी, जिल्ला रुकुम त्रिबेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का, जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जिल्ला जुम्ला चन्दनाथ गाउँपालिका २ बस्ने १७ वर्षीय जिबन भण्डारी, सोही ठाउँ बस्ने १६ वर्षीया पर्शा रोकाया, जिल्ला अछाम मंलगसैन नगरपालिका बस्ने १९ वर्षीय यूवराज ढुंगाना, जिल्ला रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने १६ वर्षीया रोजिना पुन रहेका छन् ।दाङ खबरबाट साभार

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...