News Portal

  • सहयात्रीले ‘शिखरको ढुङ्गा’ल्याएपछि प्रचण्डले भने- जनयुद्धमा सामेलहरु हरेक क्षेत्रमा अगाडि हुनुपर्छ

    संजीप शुभचिन्तक काठमाडौँ, २९ माघ
    १०६३ पटक
    काठमाडौँ, २९ माघ

    नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरु समाजको सबै तहमा अग्र पंतिमा हुनुपर्नेमा जोड दिएका छन । उनले जनयुद्धमा अब्बल व्यक्तिहरु सामेल रहेको दावी गर्दै उनीहरुले समाजको अगुवाई गर्नुपर्नेमा जोड दिएका हुन् ।

    मंगलवार राजधानीमा जनयुद्धका एक कमान्डर समेत रहेका युवा नेता एवं जनप्रिय लेखक सरल सहयात्रीद्वारा लिखित उपन्यास ‘ शिखरको ढुंगा’ सार्वजनिक गर्दै प्रचण्डले भने,” पूर्व लडाकु मीरा राइले म्याराथुनमा विश्व रेकर्ड राख्दा जसरी हामी सबैको शीर उचो भएको छ त्यसैगरी जनयुद्धमा सामेल सबैले आ आफ्नो क्षेत्रमा राम्रो गरेर जनयुद्धमा सामेल भएकाहरु सबै सक्षम र योग्यहरू हुन् भन्ने सावित गर्नुपर्छ ।” उनले ससक्त लेखन बाट लेखक सहयात्रीले आफूलाई लेखन विधामा स्थापित गराएकोमा बधाई दिदै जनयुद्धमा सामेल व्यक्तिहरु सफल बन्दा सबैभन्दा बढी खुशी आफूलाई लाग्ने बताए ।

    लेखक सहयात्रीले उपन्यासमा शिखरको ढुंगाको रुपमा अर्थ्याएको गणतन्त्र र परिबर्तन सस्थागत हुने कुरामा ढुक्क रहन भन्दै अध्यक्ष प्रचण्डले निराशा र शंकालाई छोडेर उत्साह र विश्वासका साथ् अगाडि बढ्नसमेत आह्वान गरे ।

    लेखक सरल सहयात्रीसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको समयको सस्मरण गर्दै उनले भने,” त्यसबेला तपाईहरु ज्यानको मायाँ मारेर शान्ति र सक्षमताको संदेश दिन सगरमाथा चढ्दै हुनुहुन्थ्यो तर यहाँ विरोधीहरुले राज्यको पैसा लिएर पिकनिक मनाउन खोजेको जस्तो गर्दै बिरोध गरे ।” उनले केहि मानिसहरु आफूहरुले जे गरेपनि नकारात्मक देख्ने बानी परेको बताएका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले आफूलाई आफ्नो व्यक्तिगत रुचीका कयौं काम गर्न फुर्सद नै नभएको दुखेसो पोख्दै आफू जनयुद्धको मर्मबाट बिचलित नभई परिवर्तनको दिशामा अहोरात्र खटिरहेको जिकिर गरे ।

    उक्त अवसरमा उपन्यास ‘शिखरको ढुङ्गा’को समालोचना गर्दै समालोचक नयनराज पाण्डेले कृति उत्कृष्ट रहेको बताए । अध्ययन अवधिभर आफैले शिखर चढे झैँ अनुभुती हुने र शिखरको चिसोले नछोड्ने भन्दै पाण्डेले लेखकीय कुशलताको तारिफ गरेका थिए भने अर्का वक्ता त्रिविका शिक्षाध्यक्षसमेत रहेकी प्राडा सुधा त्रिपाठीले उपन्यासका पात्रहरु आफ्नै ओरिपरिका आफ्नै भाइबहिनी जस्ता लाग्ने र नायकले शिखरको ढुङ्गा पाउलाकी नपाउला भन्ने कौतुहलताले पछ्याइरहने भन्दै ‘शिखरको ढुङ्गा’ राजनीति र पर्वतारोहण बुझ्न चाहनेहरुले पढ्नैपर्ने पुस्तक भएको प्रष्ट पारेकी थिइन् ।

    उपन्यासकार सरल सहयात्रीले जनयुद्धको क्रममा आफ्नो सहोदर दाजु शम्भु पौडेललगायत हजारौ सहयोद्धाहरु गुमाउनुको पीडाबीच प्राप्त परिवर्तनमाथि उब्जेका प्रश्नहरुको उत्तर खोज्न उपन्यास तयार पारेको बताउदै यो केवल कल्पना नभई यथार्थमा आधारित रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...