News Portal

  • टिफिन बक्स भित्रको बम पड्किदा १ जनाको ज्यान गयो

    ७३४ पटक

    धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए ।

    बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको निलम होटेल अगाडि भएको विष्फोटनमा परी घाइते भएका मध्ये राम सिंह नाम गरेका व्यक्तिको गएराति मृत्यु भएको हो । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गएराति ११ः१५ बजे सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

    प्रहरीले यो घटना आफैले बोकेको बम विष्फोट भएर भएको दावी गरेको छ । साथै घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हात रहेको दावी पनि प्रहरीको छ । घाइते भएका मध्ये लक्ष्मण सेरेला नाम गरेका व्यक्ति विप्लव माओवादीका सक्रिय कार्यकर्ता रहेको प्रहरीले दावी गरेको छ । उनी बिहीबार मृत्यु भएका राम सिंहले चलाएको मोटरसाइकल पछाडि बसेर चटकपुर पुगेको र त्यहाँ खाजा खान झरेका बेला विष्फोट भएको प्रहरीकाे दावी छ । प्रारम्भिक अनुसन्धानबाट ‘टिफिन बक्स’मा रहेको विस्फोटक पदार्थ विष्फोट भएको थाहा भएको पनि प्रहरीले जनाएको छ । घटनास्थलमा स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियाे ।

    तर, यता नेकपाले भने यसमा पार्टीको कुनै सम्लग्नता नरहेको भन्दै यसको खण्डन गरेको छ । नेकपाका कैलाली सेक्रेटरी प्रकाश मल्ल बमले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधैं हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’

    प्रहरीका अनुसार मृतक सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । शरिरमा गम्भीर घाउ लागेर छटपटाइरहेका सिंहलाई माया मेट्रो अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याएपछि सिंहलाई त्यहाँका चिकित्सकले त्यहाँ उपचार सम्भव नभएको भन्दै तत्काल बाहिर सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए ।

    अहिले उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीले बझाङ घर भएका सिंह नेकपाका कार्यकर्ता भएको दावी गरेको छ ।

    बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केशवराज पाण्डे होटल सञ्चालक भएको र मोविन खान त्यही होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...