News Portal

  • अकस्मात आएको बाढीले बगाएपछि ३ मजदुरको मृत्यु

    १२८९ पटक

    लमजुङ, ८ साउन । लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ । बुधवार दिउसो ४ बजेतिर आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने केहि बेपत्ता बनेका छन् ।

    बाढी आउँदा भागेर ज्यान जोगाएका मजदुर अमर बस्नेतले बज्रगुरु जलविद्युत आयोजनाको इनलेटमा रहेका १६ जना मजदुरलाई बाढीले बगाएको जानकारी दिएका छन । बाढीमा बगेका अधिकांश मजदुरहरु राति ड्यूटी गरेर दिउसो सुतेका थिए भने कोही बासस्थानमा बसेका थिए । एकाएक बाढी आएपछि उनीहरु भाग्न नपाएर बगेको बस्नेतले बताए ।

    त्यसैगरी लमजुङको सबैभन्दा उच्च स्थानमा रहेको ५४ मेगावाटको जलविद्युत आयोजना सुपर दाेर्दीमा २८ जना मजदुरहरु सुरुङभित्रै थुनिएका छन् । एकाएक बाढीको पानी सुरुङभित्र पसेपछि उनीहरु भित्रै थुनिएका हुन् । अहिले उनीहरुको भित्र अवस्था के छ भन्ने पत्ता लगाउने काम भइरहेको छ ।

    बाढीले सोही खोलामा बन्दै गरेको लिबर्टी हाइड्रोका ठूला ठूला मेशिनहरु समेत बगाएको छ । निर्माणाधीन लिबर्टी हाइड्रोका निकै वजनदार मेशिनहरु बाहिरै राखिएका थिए । बाढीले खोलाबाट ३५ मिटरसम्म उचाइमा राखिएका सामानहरु समेत सबै बगाएको छ ।

    अहिले सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको प्रयास गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...