News Portal

  • ओडारमा १६ किलो सुन भेटिएपछि

    १०३९ पटक

    गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ ।

    उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा अन्दाजी १५ /१६ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा उक्त सुन भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालयले उक्त सुनसहित एक जना व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । यद्यपी सुन बाहिर आए जस्तो परिमाणमा नभएको प्रहरीको भनाइ छ ।

    उत्तरी गोरखाबाट प्रहरीले उक्त सुनसहित पक्राउ परेका व्यक्तिलाई सदरमुकामतिर ल्याउँदै गरेको जनाएको छ । त्यो सुन कहाँबाट कसरी उत्तरी गोरखामा पुगेको हो भन्ने केही थाहा हुन सकेको छैन । प्रहरीले त्यसका बारेमा अध्ययन भइरहेको जनाएको छ । थप विवरण आउँन बाकी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...