News Portal

  • राष्ट्रियताको विषयमा सरकारको नियतमाथि प्रश्न उठाउदै सांसद राजेन्द्र महतो आक्रोसित

    ५९६ पटक

    भक्तपुर, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता समेत रहेका सांसद राजेन्द्र महतोले सरकारप्रति आक्रोस पोखेका छन् । सरकारले सार्वजनिक गरेको नागरिकता खारेजीसम्बन्धी निर्णयप्रति उनले आक्रोस पोखेका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले नागरिकता खारेजीसम्बन्धी समाचार व्यापकरुपमा प्रचारप्रसार भएको भन्दै त्यो कुन राजेन्द्र महतो हो भन्ने प्रतिप्रश्न गरेका छन् ।

    ‘सरकारले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको समाचार आउनु के हो त्यो ?’ महतोले आक्रोश पोख्दै भने, ‘नाम ठेगाना केही नहुने र व्यापकरुपमा प्रचार हुने । यो कुन नियतले हो ?’

    उनले सरकारको नियतमाथि कडा प्रश्न उठाउदै आफ्नो मानहानी गर्न सरकार उद्दत रहेको आरोप लगाए । सरकारले यस विषयमा सार्वजनिक माफी माग्नुपर्ने सांसद महतोको माग छ ।

    संसद्को विशेष समयमा बोल्ने क्रममा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष प्रचण्डलाई जोडेर गलत समाचार आयो भने के हुन्छ भन्ने आशयको उदाहरणलाई भने सांसदको नियमापत्तिपछि संसदको रेकर्डबाट हटाउन सभामुख महराले निर्देशन दिएका थिए ।

    नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले आइतबार राजेन्द्र महतोलगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको निर्णय सार्वजनिक गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...