News Portal

  • स्थानीय सरकार चलाउने सूर्यविनायक नगरपालिकाको कार्यालयमा नै छैन नागरीक बडा पत्र

    भक्तपुर, २२ साउन
    १८९६ पटक
    भक्तपुर, २२ साउन

    सूर्यविनायक नगरपालिका सेवाग्राहीप्रति उत्तरदायी नदेखिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । सेवा लिन कटुन्जेस्थित नगर कार्यपालिकाको कार्यालय पुग्दा नागरीक बडा पत्र नभएको भन्दै उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

    नागरीक बडा पत्र सार्वजनिक सूचनाको विवरण हो । कार्यालयले उपलब्ध गराउने सेवाहरु र त्यसको लागि लाग्ने समयदेखि आवश्यक कागजात र शुल्क त्यसैगरी सम्पर्क गर्नुपर्ने व्यक्तिहरु लगायतका सूचना सहितको बोर्ड सबै सेवाग्राहीले देख्नेगरी राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै बडा पत्र समेत व्यवस्था गर्नुपर्ने हुन्छ । अचेल यसमा अझ परिमार्जन भई कतिपय कार्यालयले श्रब्य र दृश्यमा समेत नागरीक बडा पत्र राखेका छन् ।

    सुशासनको दृष्टिले यस्ता नागरीक बडा पत्र अनिवार्य गरिएको हो । यसमा सेवाग्राहीले सजिलै सेवा नपाए कहाँ, कसलाई र कसरी उजुरी गर्ने भन्ने मात्र होइन क्षतीपूर्ती पाउने व्यवस्थाबारे पनि जानकारी गराइएको हुन्छ । तर, स्थानीय सरकार भनिने सूर्यविनायक नगरपालिकाले आफ्नै कार्यालयमा भने नागरीक बडा पत्रको व्यवस्था गरेको छैन । नगरपालिकाले कटुन्जेस्थित आफ्नै कार्यालयमा नागरीक बडा पत्र नराखेपछि नगरपालिकाका वडा कार्यालयहरु र अन्य मातहतका कार्यालयहरुको सार्वजनिक सूचनाको अवस्थाप्रति सन्तोष गर्न नसकिने अवस्था देखिएको छ ।

    सेवाग्राहीलाई सेवाप्रति सूसुचित गराउन तथा जिम्मेवार पदाधिकारीलाई आफ्नो जिम्मेवारी प्रति सजग गराउन नागरीक बडा पत्र एक नभई नहुने व्यवस्थापकीय औजार समेत भएको प्रसाशनविदहरु बताउछन । उनीहरुको बिचारमा नागरीक बडापत्रले सेवा प्रदायक र सेवाग्राहीहरुलाई एकापसमा बाधिदिएको हुन्छ । जहाँ यो हुदैन त्यहाँ आपसी लेनदेन र तजवीजी चल्ने खतरा रहन्छ ।

    जिल्ला प्रसाशन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भक्तपुर पोस्ट संग कुरा गर्दै नागरीक बडा पत्र अनिवार्य हुनुपर्ने भनेका छन् । भट्टले नागरीक बडा पत्र नराख्ने कार्यालयहरुलाई कारवाही गर्ने बताए ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली भने बडा पत्रले सेवा दिने की कर्मचारीले भनेर आक्रोसित भए । कार्यलयमा बडा पत्र भएको जिकिर गरेका ज्ञवालीले भएको भए कहाँ राखिएको छ त बडापत्र भन्ने भक्तपुर पोस्टको प्रश्नमा बडा पत्रले सेवा दिने की कर्मचारीले भन्दै प्रतिप्रश्न गरेर फोन राखिदिए ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...